माइक्रोम्याक्सको एक्स ४०९ र क्यु ३५३ बजारमा


माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ। २ वटा सिमकार्डको प्रयोग गर्न सकिने उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ।

यसका साथै एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ। यस फोनको बजार मूल्य १०२५ रुपैयाँ रहेको छ। कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ रहेको कम्पनीले जनाएको छ।

माइक्रोम्याक्सले बजारमा ल्याएको यो स्मार्टफोन क्यु ३५३ बजेट फोन हो, जसमा १ं३ गिगाहर्ज क्वाड कोर र १ जिबी र्याम रहेको छ। ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा २००० एमएएचको ब्याट्री प्रयोग भएको छ। यसमा रियर र फ्रन्ट दुबै तर्फ ५ मेगा पिक्सलको क्यामेरा जडान भएको छ। त्यसका साथै यसमा ७.० नगट अपरेटिङ सिस्टमको जडान गरिएको कम्पनीले जनाएको छ।

माइक्रोम्याक्सका अनुसार १ जिबी र्याम र ८ इन्टरर्नल मेमोरी रहेको यस स्मार्टफोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ। थ्रिजी नेटवर्क सपोर्ट गर्ने यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ।

कम्पनीका अनुसार यस क्यु३ एन्ड्रोइड बजेट स्मार्टफोनको मूल्य ६ हजार ८ सय २० रुपैयाँ रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.