सामसङ्गले ल्यायो मोबाइल एक्सचेन्ज मेला


सामसुङ्ग प्लाजामा जारी मोबाइल एक्सचेन्ज मेलाको अवसर पारेर २ हजार भन्दा बढि मोवाइल सेट साटिएका छन्।

ग्राहकले फेब्रुअरी ८ देखि १८ सम्म चल्ने कार्निभल मेलामा कुनै पनि ब्रान्डको पुरानो मोवाइलसँग सामसङ्गका नयाँ स्मार्ट फोन एक्सचेञ्ज गर्न सक्नेछन्।

सामसङले उपत्यका भित्रका ७ सामसङ प्लाजाबाट मेला जारी राखेको छ।

सामसङले यो मेलाको आयोजना गरेर ग्रााहकको मन जितेको प्रतिकृया आफुले पाएको कम्पनीले जनाएको छ।

हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाका अनुसार कार्निभलको मेलाको उद्धेश्य पुरानो फोन संग नयाँ फोन साटिदिने भएकाले ग्राहक खुशी हुनेमा आशावादी भएको बताइन्।

सामसङले दरवारमार्ग, महाराजगन्ज, सिभिल मल, सुर्यविनायक, नयाँ बजार, चुच्चेपाटी, कुपन्डोलको सामसङ प्लाजाबाट सेवा प्रदान गरिरहेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.