साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको भाउ बढाएको छ।
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।
'आयो नुन' एक किलो प्याकेटको थोक मूल्य २३ रूपैयाँ भएको छ। त्यस्तै उपभोक्ता मूल्य अब २६ रूपैयाँ पर्नेछ।
'न्यू-शक्ति नुन' एक किलोको थोक मूल्य १७ रूपैयाँ र उपभोक्ता मूल्य २० रूपैयाँ कायम भएको छ। 'भानु नुन' एक किलोको मूल्य नौ रूपैयाँ तोकिएको छ।