वैदेशिक रोजगारसम्वन्धी नयाँ नियमावली कार्यान्वयनमा आउँदै, के छ व्यवस्था ?

वैदेशिक रोजगारसम्वन्धी नयाँ नियमावली कार्यान्वयनमा आउँदै, के छ व्यवस्था ?


वैदेशिक रोजगार नियमावली केही दिनमै राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइने भएको छ। राजपत्रमा प्रकाशन गर्न नियमावली मुद्रण विभाग पठाइएको छ।

नयाँ नियमावलीअनुसार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट नागरिकले ३ लाख पाउने गरेकोमा ७ पाउनेछन्। कुल रकम २७ लाख पुगेको छ। मेडिकल फेल भई फर्किने नागरिकलाई स्वास्थ्य संस्थाबाट ३ लाख धरौटी लिई त्यसैबाट क्षतिपूर्ति दिलाईने व्यवस्था नयाँ नियमावलीमा छ।

अर्को महत्वपूर्ण कुरा, वैदेसिक रोजगारको सिलसिलामा मृत्यु, बिरामी वा अंगभंग भए राहत नपाउने अबस्थालाई नियमावलीले अन्त्य गरेको छ।

हरेक तीनजनामा एक मृतकले राहत नपाउने अबस्थालाई करारको मान्य अबधिमा गरिएको एक बर्ष थप ब्यबस्थाले मान्य अबधि गुज्रन नदिने र समयमै नबिकरण गर्न सकिने ब्यबस्था मिलाई दिएको छ। अब बिमा र श्रम स्वकृतिको म्याद गुजारे कानुनलाई नभै कामदारलाई दोष जानेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.