भाषा परीक्षामा उत्तीर्ण १९ सय जना कोरिया जान नपाउने


आज सार्वजनिक भएको आठौं कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका १२ हजार १ सय ८ जनामध्ये एक हजार ९ सय जना रोजगारीका लागि कोरिया जान नपाउने भएका छन्।

आगामी वर्ष कोरियाले १० हजार २ सय नेपालीहरुलाईमात्र लिने भएपनि समान अंक ल्याउने परीक्षार्थीहरु धेरै भएकोले मागभन्दा बढी उत्तीर्ण भएका इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए।

आगामी वर्षका लागि कृषितर्फ ६ हजार २ सय जनाको कोटा भएपनि यो क्षेत्रमा ७ हजार ५ सय ७८ जना भाषा परीक्षा उत्तीर्ण भएका छन्।

त्यस्तै औद्योगिक क्षेत्रमा ४ हजार माग भएकोमा ४ हजार ५ सय ३० जना उत्तीर्ण भएका छन्।

मागभन्दा धेरै उत्तीर्ण भएपनि इपिएसमा रोजगार फारम भर्दा, मेडिकल गर्दा अन्तिममा फिल्टर हुने त्यति गर्दा पनि नभएमा कम्पनीबाट जसको नाम रोष्टरमा चढ्दै जान्छ उनीहरुमात्र जाने खडिवडाले स्पष्ट पारे।

विगतका वर्षहरुमा पनि भाषा परीक्षा पासहुनेहरु कोरिया जाने ग्यारेन्टी नभएको र यो वर्ष पनि त्यस्तै हुने अधिकारीहरुले बताएका छन्।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.