उन्नति सहकार्य लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले केही संख्यामा कनिष्ठ अधिकृत, वरिष्ठ सहायक सुपरभाइजर कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको हो।
उमेर हद अधिकृतको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र अन्यको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा पाँच वर्ष थप हुनेछ।
इच्छुकले साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन्।
