बिएण्डबी अस्पतालमा रोजगारीको अवसर खुलेको छ।
अस्पतालले केही संख्यामा हेल्थ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो।
मान्यता प्राप्त संस्थाबाट स्वास्थ्य सहायक (एचए) प्रमाणपत्र पूरा गरेको हुनुपर्छ।
यस्तै, नेपाल स्वास्थ्य व्यावसायिक परिषद् (एनएचपिसी) मा दर्ता भएको हुनु पर्नेछ।
डायग्नोस्टिक इमेजिङको रेडियोलोजीमा पूर्व अनुभव भएकोलाई प्राथमिकता दिइने अस्पतालले बताएको छ।
इच्छुकले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।