ग्रान्डी इन्टरनेसनल अस्पतालमा रोजगारीको अवसर खुलेको छ।
अस्पतालले ३० जना नर्स माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/बिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।
आइसियु, डाइलासिस र ओटीमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने अस्पतालको भनाइ छ।
इच्छुकले जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्।