काठमाडौं मेडिकल कलेज (केएमसी)मा रोजगारीको अवसर खुलेको छ।
कलेजले ८० जना नर्स माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट बिएन/बिएनएस/बिएससी/पिसिएल उत्तीर्ण गरेको हुनुपर्नेछ।
स्नातक तहको लागि क्रिटिकल केयर युनिट/अपरेसन थिएटरमा १ वर्षभन्दा बढी र पिएसएल तहको लागि २ वर्षभन्दा बढी काम गरेको अनुभव हुनु पर्नेछ।
यस्तै, व्यावसायिक नर्सिङ परिषदमा दर्ता भएको हुनु पर्नेछ।
बिएससी/पिसिएल नर्सको तलब २८ हजार रूपैयाँ र बिएन/बिएनएसको तलब ३२ हजार रूपैयाँ तोकिएको छ।
इच्छुकले hrd@kmc.edu.np मा आवेदन दिन सक्नेछन्।