विद्युत नियमन आयोगमा रोजगारीको अवसर खुलेको छ।
आयोगले सहनिर्देशक, हाइड्रोलोजिस्ट, इन्जिनियर, वित्त अधिकृत, कानुन अधिकृत, सूचना प्रतिधि अधिकृत लगायतका पदमा कर्मचारी माग गरेको हो।
आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार प्राविधिक र अप्राविधिक पदका लागि नवौं, सातांै, छैटौं र पाँचौं तहमा कर्मचारी माग गरेको हो।
उमेर हद नवौं तहको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, छैटौं र सातौं तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र पाँचौं तहको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जेठ १ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
