सानिमा बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले आइटी डेभलपर पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सोही क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ भने पाइथन, म्याटप्लोटिब, जाभा र आरपिएमा अनुभव भएकाहरूलाई प्राथमिकता दिइनेछ।
३० वर्षभन्दा कम उमेरका इच्छुकले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्।