ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकमा डेटा साइन्टिष्ट, डेटा इन्जिनियर, बिआई ड्यासबोर्ड डेभलपर, इन्फरमेसन सेक्युरिटी एनालाइष्ट पदमा रोजगारीको अवसर खुलेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधिमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, बैंक वा वित्तीय संस्थामा सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव वा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन्।