कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइ निम्ति सहजीकरण गर्न कतारसँग आग्रह गरेका छन्।
कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आइतबार भएको भेटमा राजदूत पौडेलले इसरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले खेलेको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।
दोहास्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमण क्रममा भएका सहमति तथा समझदारी कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे छलफल भएको थियो।
महासचिव हमादीले जोशीको रिहाइ निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताए।
सन् २०२३ अक्टोबरमा इसरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनको अपहरण गरेको थियो।