श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्रवर्द्धन गर्न साझेदारी आवश्यक रहेको बताएका छन्।
उनले सरकारले श्रम तथा रोजगार क्षेत्रमा संगठित र समन्वयात्मक तरिकाले काम गर्न आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक योजना तयार गरेर अघि बढेको बताए।
एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले आगामी दशकमा नेपाल सरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ति हुने वातावरण सिर्जना गर्ने बताए।
श्रम क्षेत्र अर्थतन्त्रसँग जोडिएको उल्लेख गर्दै श्रम बजार प्रवर्द्धनले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने समेत उनले उल्लेख गरे।
रोजगार प्रवर्द्धनका लागि मन्त्रालयले श्रीङ्खलाबद्ध काम गर्ने योजना बनाएको उनको भनाइ छ।