नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आज (शुक्रबार) हुँदैछ।
दुइटा प्यानल बनाएर व्यवसायीहरू चुनाबी मैदानमा छन्। नरेश गेलाल नेतृत्वको संयुक्त व्यवसायिक समूह चुनाबी मैदानमा छ।
यो एमाले निकट प्यानल हो। यो प्यानललाई केही कांग्रेस निकट व्यवसायीहरूले पनि सहयोग गरेका छन्।
वैदेशिक रोजगार क्षेत्रलाई उच्च मूल्यांकन गर्दै उत्कृष्ट सेवामूलक उद्योग बनाउने परिकल्पनका साथ आफूहरू चुनाबी
मैदानमा आएको अध्यक्ष उम्मेदवार नरेश गेलाल बताउँछन्।
उनीहररू 'देश विकासको आधार सुरक्षित वैदेशिक रोजगार' मूल नाराका चुनाबी मैदानमा छन्।
यो प्यानलमा प्रथम उपाध्यक्ष पदका उम्मेदवार सुजित कुमार श्रेष्ठ छन्।
मधुकर रिजाल द्वितीय उपाध्यक्ष, बैकुण्ठ प्रसाद पौडेल तृतीय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिव उम्मेदवार छन्।
त्यस्तै, अनिल बोगटी सचिव पदका उम्मेदवार, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन्।
चन्द्रबहादुर लिम्बु, रमा खडका, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरूङ, युबराज देबकोटा, कामेश्वर साह (राहुल) र राजेश यादव सदस्यका उम्मेदवार छन्।
त्यसैगरी, कांग्रेस निकट म्यानपावर व्यवसायी भुवनसिंह गुरूङ नेतृत्वको अर्को प्यानल पनि चुनाबी मैदानमा छ। यो लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानल हो।
भुवनसिंह गुरूङ नरेन्द्रप्रसाद ढकाल प्रथम उपाध्यक्ष पदका उम्मेदवार रहेका छन्।
देवकुमार खोखाली द्वितिय उपाध्यक्ष, हर्कबहादुर लिम्बु तृतिय उपाध्यक्ष, महेश कुमार बस्नेत महासचिव पदका उम्मेदवार छन्।
त्यस्तै, कुन्छादोर्जे डिम्दोङ सचिव पदका उम्मेदवार र बिक्रम श्रेष्ठ कोषाध्यक्ष पदका उम्मेदवार छन्।
राज लामा तामाङ, कृष्ण ढकाल, भरत सापकोटा, विद्यालक्ष्मी बज्राचार्य, सुवर्ण लामा, देवीप्रसाद गिरी, रेखा शर्मा, दिपककुमार राय, सुमनराज पाण्डे, गिता राउत सदस्य पदका उम्मेदवार छन्।