कर्णाली प्रदेश लोकसेवा आयोगले प्रशासन सहायक, लेखा सहायक, अमिन, नायव प्राविधिक सहायक, फरेस्टर, अनमी लगायतका पदमा कर्मचारी माग गरेको छ।
आयोगले मंगलबार जारी गरेको सूचनाअनुसार प्राविधिक र अप्राविधिक पदका लागि कर्मचारी माग गरेको हो।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख २९ गतेसम्म आवेदन दिन सक्नेछन्।
