वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण 'मेडिकल' गर्दै आएका संस्थाहरूले श्रम मन्त्रालयको अनुगमन समितिमा आफ्ना प्रतिनिधि समेत राखिनुपर्ने माग गरेका छन्।
श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई थप गुणस्तरीय र मर्यादित बनाउन सरकारलाई सहयोग गर्न व्यवसायीहरूले संयुक्त समिति बनाएको नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले बताए।
यसका लागि उनीहरूले पाँच सदस्यीय संयुक्त समिति बनाएका छन्।
चैत १९ गते वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको छाता संस्थाहरू नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्काका प्रतिनिधिहरूले छलफल गरेर यस्तो निर्णय गरेका हुन्।
स्वास्थ्य परीक्षणका लागि आवश्यक पूर्वाधार, उपकरणहरू थप गर्ने तथा समायोजन गरिएको शुल्क कायम गर्ने व्यवसायीहरूले बताएका छन्।