नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा रोजगारीको अवसर खुलेको छ।
कलेजले ५० जना हेल्थ एसिस्टेन्ट(एचए) र ५० जना एएनएम माग गरेको हो।
इच्छुक एचएले मान्यता प्राप्त शिक्षण संस्थाबाट एचए विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपिसी) मा दर्ता भएको हुनुपर्छ।
इच्छुक एनएमले मान्यता प्राप्त शिक्षण संस्थाबाट एनएम विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको हुनुपर्नेछ।
इच्छुकले वैशाख १ गतेसम्म आवेदन दिन सक्नेछन्।