सिद्धार्थ बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले म्यानेजमेन्ट ट्रेनी पदको लागि २० जना कर्मचारी मागेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवसाय/व्यवस्थापन/अर्थशास्त्र विषयमा न्यूनतम ४५ प्रतिशत वा ३.२५ सिजिपिए ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
महिलाको हकमा उमेर ३३ वर्ष र पुरुषको हकमा २८ वर्ष ननाघेको हुनु पर्नेछ।
इच्छुकले चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन्।