ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकमा म्यानेजमेन्ट ट्रेनी पदको लागि रोजगारीको अवसर खुलेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट वाणिज्य/लेखा/अर्थशास्त्र/वित्त/ व्यवस्थापन विषयमा कम्तीमा दोस्रो श्रेणी वा २.७५ सिजिपिए ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
२१ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुकले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन्।