एनएमबी बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले सातै प्रदेशका प्रधान तथा शाखा कार्यालयमा म्यानेजमेन्ट ट्रेनी पदको लागि २० जना कर्मचारी मागेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, एसएलसी/एसइई र त्यसपछिका सबै शैक्षिक स्तरहरूमा न्यूनतम ४५ प्रतिशत वा सो सरहको सिजिपिए ल्याएको हुनुपर्नेछ।
३० वर्ष उमेर ननाघेका इच्छुकले चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन्।