फोनपे पेमेन्टस् सर्भिसमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले एसोसिएट नेटवर्क इन्जिनियर पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले कम्प्युटर साइन्स, आइटी वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, सम्बन्धित कामको दुई वर्षको कार्यानुभव हुनु पर्नेछ।
इच्छुकले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन्।