एभरेष्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकमा म्यानेजमेन्ट ट्रेनी पदको लागि रोजगारीको अवसर खुलेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेसन/फाइनान्स/कम्प्युटर एप्लिकेसन/ह्युमन रिसोर्सेज विषयमा कम्तीमा ६० प्रतिशत अंक वा ३.२५ सिजिपिए ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, उसँग कम्प्युटर सम्बन्धी ज्ञान र बैंकिङ अनुभव हुनु पर्नेछ।
३० वर्ष उमेर ननाघेका इच्छुकले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन्।