ज्योति क्यापिटलमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले मर्चेन्ट बैंकिङ, पोर्टफोलियो म्यानेजमेन्ट/इन्भेष्टमेन्ट बैंकिङ, फाइनान्स, आइटी लगायतका विभागमा सुपरभाइजरसम्म र मार्केटिङ विभागमा ट्रेनी एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो।
सुपरभाइजर पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने सम्बधित कामको दुई वर्षको अनुभव हुनु पर्नेछ।
यस्तै, ट्रेनी एसिस्टेन्ट पदको लागि +२ उत्तीर्ण गरी क्यापिटल मर्चेन्ट बैंकिङ विषयको अनुभव भएको हुनु पर्नेछ।
इच्छुकको उमेर ३० वर्ष ननाघेको र महिलाको हकमा ३५ वर्ष ननाघेको हुनु पर्नेछ।
इच्छुकले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन्।