‘फ्रि टिकट’को व्यवस्था परिमार्जन गर्न वैदेशिक रोजगार व्यवसायीको माग


वैदेशिक रोजगार व्यवासायीले ‘फ्री भिसा’ यथावत राखेर ‘फ्री टिकट’को व्यवस्थालाई परिमार्जन गर्न माग गरेका छन्।

फ्री भिसाको व्यवस्थालाई आफूहरुले स्वीकार गरे पनि फ्री टिकेटको व्यवस्थामा परिमार्जन गर्नुपर्ने उनीहरुको माग छ।

रोजगारदाता कम्पनीहरुले निशुल्क हवाई टिकट नदिएको खण्डमा भारत वा अन्य मुलुकमार्फत कामदारले नै भाडा तिरेर जान सक्ने व्यवस्था गर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माग छ।

त्यस्तै सेवा शुल्कको व्यवस्थलाई पनि परिमार्जन गर्न व्यवसायीहरुले माग गरेका छन्। यदी रोजगारदाता कम्पनीले सेवा शुल्क उपलब्ध नगराएको खण्डमा बढीमा श्रमिकले पाउने एक महिना बराबरको तलव म्यानपावर संस्थाले लिन पाउने व्यवस्था गर्न उनीहरुको माग छ।

सरकारले हाल गरेको व्यवस्थाका कारण वैदेशिक रोजगार प्रभावित भएको भन्दै संघले परिमार्जनका लागि सरकारलाई सुझाव दिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.