सेनाले माग्यो १५० अधिकृत क्याडेट


नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त पदका लागि १५० जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदमा दरखास्त आह्वान गरेको छ।

आवेदन मागेको सो संख्यामा समावेशी तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ।

यस अनुसार समावेशी सिद्धान्त अनुरुप महिलातर्फबाट १३ जना, आदिवासी/जनजातिबाट २२ जना, मधेसीबाट १९ र पिछडिएको क्षेत्रबाट ३ जना छन्। यसबाहेक खुलातर्फबाट ८३ जनाको माग गरिएको छ।

आवेदन फाराम सेनाको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिने जनाइएको छ। यसका लागि प्रमाणपत्र वा स्नातक तह वा सो सहर उर्तिण गरेको हुनुपर्ने छ।

प्रमाणपत्र वा सो सरह शैक्षिक योग्यता भएका आवेदनकर्ताको हकमा १८ वर्ष पुरा भई २१ ननाघेको तथा स्नातक वा सो सरह योग्यता भएकाको हकमा १८ वर्ष पुरा भई २४ ननाघेको हुनुपर्ने छ।

सबै आवेदनकर्ताले खुलातर्फ अनिवार्यरुपले फाराम भर्नुपर्ने र सो बापत एक हजार रुपैयाँ दस्तुर लाग्ने छ। यदि कुनै आवेदनकर्ताले समावेशी तर्फ समेत फाराम भर्न चाहेमा सो वापत प्रत्येक समूहका लागि थप २० प्रतिशतका दरले दस्तुर लाग्ने बताइएको छ।

जंगी अड्डा भद्रकाली, मध्य पृतथा हेडक्वाटर सुपारेटार हेटौंडा, उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे सुर्खेत, पूर्वी पृतना हेडक्वाटर इटहरी, पश्चिम पृतना हेडक्वाटर पोखरा, सुदुर पश्चिम पृतना हेडक्वाटर राजपुर दिपायलमा आवेदन बुझाउन सकिनेछ।

आवेदन फाराम बुझाउने अन्तिम मिति माघ ३ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर माघ १० गतेसम्म फाराम बुझाउन सकिने सेनाले जनाएको छ।

यसरी भर्नुहोस् अनलाइनबाट आवेदन

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.