ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट नगरसभामा प्रस्तुत गरेको छ।
महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगर सभामा बजेट प्रस्तुत गरिन्।
चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरिएको छ।
नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ।
पूर्णपाठसहित: