सरकारले बजेटबाट सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।
आगामी वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पौडेलले विभिन्न करका छुट तथा सुविधा दिएको जानकारी गराएका हुन्।
सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिइएको छ।
सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ।
नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर लाग्ने र यो कर नै अन्तिम हुने व्यवस्था मिलाइएको छ।