वृजको सुपर प्रिमियम ओपिसी सिमेन्ट बजारमा


वृजले आफ्नो नयाँ संस्करण वृज सुपर प्रिमियम ओपिसी सिमेन्ट बजारमा ल्याएको छ।

उत्पादनको बजार प्रर्बधनमा कम्पनीले मिस नेपाल २०१७ निकिता चाण्डक , बिश्व अल्ट्रा धाबक मिरा राई, साइक्लिस्ट पुष्कर शाह, सगरमाथा २१ औं पटकसम्म चुमेर बिश्व किर्तीमानी कायम गरेका कामिरिता शेर्पा व्राण्ड एम्वेसेडरको रुपमा लिएको कम्पनीले जनाएको छ।

उनीहरुसँग वृज सुपर प्रिमियम ओपिसी सिमेन्टले सहकार्य गर्न पाउँदा कम्पनीले आफुलाई गौरवान्वित महसुश गरेको बताएको छ।

वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको समृद्ध नेपाल निर्माण गर्ने उदेश्य र उनीहरुको आफनै विभिन्न क्षेत्रमा योगदान दिएको उर्जाले नेपाल एक मजवुत राष्ट्र बन्ने कम्पनीले दाबी गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.