जगदम्बा सिमेन्टद्धारा ‘भिआरएम’ प्रविधीबाट उत्पादन सुरु


जगदम्बा सिमेन्टले विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले यूरोपियन कम्पनी ‘एफएलएसमिथ’को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स (भिआरएम) जडान गरी उत्पादन सूचारु गरेको छ।

हालको उत्पादन ४५ हजार बोरा प्रति दिन रहेकोमा भिआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव दोब्बर पुग्ने कम्पनीले जनाएको छ।

भिआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८० हजार बोरा प्रतिदिन उत्पादन हुनेछ भने यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्टबाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ।

तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रति दिन १ लाख १० हजार बोरा रहने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.