आइएमईबाट साढे २७ हजार रुपैयाँ पठाउँदा १० लाख पाए थानेश्वरले


दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद १० लाख राशीको बम्पर उपहार थानेश्वर न्यौपानेले पाएका छन्।

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्रमार्फत विजेता घोषित भएका हुन्।

काठमाडौं पानी पोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरी लगायत आइएमईका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो।

त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले पाएका छन्। भदौ
१२ गतेदेखि संचालनमा ल्याईएको प्रवद्र्धनात्मक कार्यक्रममा दैनिक ‘लक्की ड्र’बाट करिव २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत पुरस्कृत भएका छन्।

मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस प्रवद्र्धनात्मक योजनामा आइएमईबाट पैसा पठाउने भाग्यशाली विजेता लक्की ड्रमार्फत छनौट हुनेछन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.