विश्व लगानीकर्ता सप्ताह मनाइने

विश्व लगानीकर्ता सप्ताह मनाइने


नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ।

विश्व नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइएस्को एशोसियट सदस्य भैसकेकाले लगानीकर्ता सप्ताह मनाइने भएको बोर्डले जनाएको छ। नेपालमा पहिलो पटक यस्तो सप्ताह मनाउन लागिएको हो।

लगानीकर्ता सप्ताहको अवसरमा विभिन्न सञ्चार माध्यममार्फत सन्देशमुलक सामग्रीहरुको प्रकाशन, लगानीकर्ता प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गरी मनाइने बोर्डले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.