दसैँको विदामा विदेश घुम्न जाने हो ? होमल्याण्डको यस्तो छ अफर प्याकेज

दसैँको विदामा विदेश घुम्न जाने हो ? होमल्याण्डको यस्तो छ अफर प्याकेज


दसैँको विदा मनाउन विदेश घुम्न जाने सोचमा हुनुहुन्छ ? यदी हो भने यतिबेला विभिन्न ट्राभल कम्पनीहरुले सहुलियत दरका भ्रमण प्याकेजहरु ल्याएका छन्।

तिमध्ये होमल्याण्ड फन होलिडेजले थाइल्याण्ड, बाली, मलेसिया, सिँगापुर तथा दुबईका लागि विशेष अफर प्याकेज ल्याएको छ।

होमल्याण्डका म्यानेजिङ डाइरेक्टर राजेन्द्र अधिकारीका अनुसार भ्रमण गन्तव्यहरुमा तीन प्रकारका प्याकेजहरु उपलव्ध हुने छन्।  एउटा बजेट प्याकेज, दोस्रो इकोनोमिक प्याकेज र अर्को डिलक्स प्याकेज राखिएको उनले बताए। यसले गर्दा सस्तो खोज्नेदेखि सुविधा खोज्नेसम्मलाई पनि प्याकेजमा समेटिएको अधिकारीको भनाइ छ।

‘धेरै ग्राहक सस्तो चाहन्छन्, तर गुणस्तरलाई ध्यान दिँदैनन्, तर कोही भने गुणस्तरलाई ध्यान दिन्छन्, त्यसैले सबैलाई मिल्नेगरी हामीले यी प्याकेज ल्याएका हौँ’ उनले भने।

थाइल्याण्ड
४ रात ५ दिनको थाइल्याण्ड भ्रमणमा ५१ हजार ६६६ मै जान पाइने भएको छ। सो शुल्क दुई तारे होटलमा रहँदाको हो।  तीन तारेमा रहँदा ५६ हजार ६६६ र पाँच तारेमा रहँदा ५९, ६६६ रुपैयाँ शुल्क लाग्ने होमल्याण्डले जनाएको छ।

बाली
त्यस्तै इन्डोनेसियाको बालीमा ४ रात, ५ दिन बिताउँदा ६६ हजार ६६६ रुपैयाँ दुई तारे होटलको र ६८ हजार ६६६ रुपैयाँ तीन तारे होटलको शुल्क लाग्ने छ।

सिंगापुर, मलेसिया र थाइल्याण्ड
यी तीनै ठाउँको ९ रात तथा १० दिनको भ्रमण शुल्क १ लाख ८ हजारदेखि १ लाख २० हजारसम्म तोकिएको छ। दुई तारे होटलमा बस्दा १ लाख ८ हजार, तीन तारेमा १ लाख १५ हजार र पाँच तारेमा १ लाख २० हजार रुपैयाँ शुल्क तोकिएको होमल्याण्डले जनाएको छ।

दुबई
दुबईको ४ रात तथा ५ दिनको भ्रमणका लागि ५५ हजार रुपैयाँ शुल्क तोकिएको छ। अन्य ठाउँहरुमा होटलको सेवाअनुसार शुल्क तोकिए पनि यहाँ भने निश्चित शुल्क राखिएको कम्पनीको भनाइ छ।

घुम्न जान चाहनेले ०१ ४७२०९६० मा फोन गर्न सकिने अधिकारीले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.