कोका-कोलाले ल्यायो दसैँतिहार अफर


कोका–कोला नेपालले मेगा दसैँ तिहार उपभोक्ता प्रबद्र्धन अभियान सार्वजनिक गरेको छ। ‘मन खोलौँ कोकसँग’ नामको यो अभियान भदौ २० देखि असोज ३० गतेसम्म वा स्टक उपलब्ध रहेसम्म लागू हुने कम्पनीले जनाएको छ।

कोका–कोलाले उपभोक्ताहरुलाई आकर्षित गर्न नियमित रुपमा नै विभिन्न किसिमका प्रबद्र्धनात्मक कार्यक्रमहरु तथा अभियानहरु संचालन गर्दै आएको छ।

यस अफरअन्तर्गत एउटा टिभीएस स्ट्राइकर १२५ सीसी प्रत्येक दिन ग्राहकले जित्न सक्ने कम्पनीको दावी छ। अन्य पुरस्कारमा दैनिक ४ वटा एलजी एलईडी टिभीहरु र १०० को मोबाइल रिचार्ज ईसेवाको माध्यमबाट दैनिक रुपमा ४०० जनाले जित्न सक्नेछन्।

यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्ने र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ।

कोका–कोला, फ्यान्टा र स्प्राइटको ५०० मिलीलिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा यो अवसर प्राप्त हुने छ। बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्पूर्ण उपभोक्तालाई दसैँको शुभकामना दिँदै कोकाकोलाको अफरले दसैँ तिहारलाई थप उत्सवमय बनाउने विश्वास व्यक्त गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.