नेपाल आयल निगमले दसैंका सार्वजनिक विदाका दिन पनि पेट्रोलियम पदार्थको कारोबार खुला रहने बताएको छ।
निगमले आइतबार एक सूचना जारी गर्दै उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरुमा समेत पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको जनाएको छ।
निगमका अनुसार स्थानीय आवश्यकता अनुसार निगमका विभिन्न डिपो तथा कार्यालयहरु तोकिएको मितिमा सञ्चालन हुने छन्।
निगमले देशभरका १३ वटा डिपो खुला रहने र आवश्यकताअनुसार सम्पर्क व्यक्ति र मोबाइल नम्बरको पनि व्यवस्था गरेको छ।
