दसैं लागेसँगै काठमाडौंको खसी बजारमा खसी, बोका, भेडा, च्याङ्ग्रा ल्याइएको छ।
दसैंको बेला माग बढी हुने हुँदा देशका विभिन्न भागबाट काठमाडौंमा खुसी बोका तथा भेडा, च्याङ्ग्राको आपूर्ति बढ्ने गर्छ।
यो वर्ष हिमाली जिल्ला मनाङ, मुस्ताङबाट भेडा, च्याङ्ग्रा काठमाडौं ल्याइएको कलंकी खसी बजारका एक व्यापारीले सेतोपाटीलाई जानकारी दिए।
त्यस्तै, सिन्धुली, धनुषा, सिराहा, सप्तरी, बारा, पर्सा, मकवानपुर लगायतका तराई–मधेस र पहाडी जिल्लाबाट खसी/बोका ल्याइएको छ भने धेरै अधिकांश पहिरोको कारण बाटैमा रोकिएका छन्।
यसपालि जिउँदो भेडा-च्याङ्ग्राको मूल्य प्रतिकिलो १,२०० देखि १,२५० रुपैयाँ तोकिएको छ। खसी-बोका भने प्रतिकिलो ६५० देखि ७०० रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरूको भनाइ छ। चाडबाडमा अरू बेलाभन्दा धेरै माग हुने हुँदा बजार मूल्य सामान्य दिनभन्दा बढी भएको व्यापारीहरू बताउँछन्।
दसैंको समयमा मासु उपभोग असाध्यै बढ्ने भएकाले उपत्यकामा भित्रिने पशुको संख्यामा बर्सेनि उछाल आउने गर्छ। उपभोक्ता, व्यापारी र आपूर्तिकर्ताबीचको सम्बन्धले राजधानीको मासु बजारलाई यस अवधिमा अत्यन्तै सक्रिय बनाउँछ।
हिमालदेखि तराईसम्मका जिल्लाबाट पशु भित्रिने परम्पराले सहर बजारमा चहलपहल बढाएको छ भने कृषि–पशुपालनमा निर्भर किसानहरूको आम्दानी पनि बढाएको छ।
तस्वीरहरू :
-1758694450.jpg)
-1758694453.jpg)
-1758694453.jpg)
-1758694453.jpg)
-1758694453.jpg)
-1758694452.jpg)
-1758694452.jpg)
-1758694452.jpg)
-1758694452.jpg)
-1758694451.jpg)
-1758694451.jpg)
-1758694451.jpg)
-1758694451.jpg)
-1758694451.jpg)
-1758694451.jpg)
-1758694450.jpg)
-1758694450.jpg)
-1758694450.jpg)