शिवम् सिमेन्ट आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटी’ को मामलामा ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडिओ सार्वजनिक गरेको छ।
जसअन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ।
यो भिडिओले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ।
यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडिओ सामग्री प्रस्तुत गरिएको थियो।
यो भिडिओले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो। उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रूचाएका थिए।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ।
‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ भन्ने सन्देश मार्फत कम्पनीले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ।
शिवम् सिमेन्टले स्थापना कालदेखि ओपीसी (अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट) सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।