भारतीय ब्युटी एकेडेमी इन्टरनेसनल स्कुल अफ एस्थेटिक्स एन्ड स्पा (आइएसएएस) को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा आएको छ।
तीन नेपाली युवाले नयाँ बानेश्वरमा आइएसएएसको शाखा सञ्चालनमा ल्याएका हुन्।
उनीहरूले एकेडेमीमा चार करोड ५० लाख रूपैयाँ लगानी गरेका छन्।
आइएसएएसमा ब्युटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम लिन सकिने आइएसएएस नेपालका सञ्चालक मध्येका एक अजय अधिकारीले जानकारी दिए।
'यहाँ न्यूनतम दुई सातादेखि अधिकतम दुई वर्षसम्मका कोर्सहरू छन्,' उनले भने।
उनका अनुसार कोर्सको प्रकृतिहेरि समय र शुल्क तय हुन्छ।
एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्यास एक्सटेन्सन लगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रियस्तरका कोर्स पढाइ हुन्छन्।

विद्यार्थीले सैद्धान्तिकसँगै व्यवहारिक सिप पनि सिक्न पाउनेछन्।
यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएपिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (युएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्ने अर्जुनले जानकारी दिए।
'हामीले यहाँ पढाउने र अभ्यास गराउने मात्रै हो। परीक्षा गराउन सम्बिन्धित संस्थाका प्रतिनिधिहरू नै आउँछन्,' उनले भने।
अजयका अनुसार एकेडेमीमा आइएसएएसबाटै तालिम लिएका तीन जना प्रशिक्षकहरू ल्याइएको छ। हाल एकेडेमीमा सात जनाले रोजगारी पाएका छन् भने अन्य कर्मचारी थप गर्न छनाेट प्रक्रिया चलिरहेकाे छ।
छोटा तथा लामा दुवै अवधिका पाठ्यक्रम पढाइ हुने भएकाले आफ्नो आवश्यकता र उद्देश्य अनुरूपका पाठ्यक्रम रोज्न सकिने छ।
विद्यालय तथा कलेज उत्तीर्ण गरी नयाँ सिप सिक्न चाहने तथा सौन्दर्य क्षेत्रमा स्थापित गर्न चाहनेका लागि यो एकेडेमी उपयुक्त हुने उनको भनाइ छ।
उनका अनुसार एकेडेमीबाट ब्युटी सम्बन्धी तालिम लिएपछि युरोप, मध्यपूर्व, क्यानडा, अष्ट्रेलियालगायतका देशमा रोजगारीको सहज पहुँच हुनेछ।
'ब्युटी सम्बन्धी तालिम लिनुको उद्देश्य व्यक्तिअुनसार फरक हुन्छ। कोही विदेश जान भनेरै सिक्न आउँछन्, कोही यहीँ स्वरोजगार बन्न आउँछन्,' उनले भने, 'यो एकेडेमी सिप सिक्ने सबैलाई उपुयक्त छ।'
पछिल्लो समय ग्राहकको माग अनुसार सेल्फ मेकअप कोर्स पनि राखिएको उनले जानकारी दिए।
प्राविधिक सिपसँगै आइएसएएस नेपालले ग्राहक मैत्री सेवा, व्यवसाय व्यवस्थापन एवं खुद्रा बिक्रीको ज्ञानमा पनि जोड दिनेछ।
सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकले उचित परामर्श र प्रशिक्षण समेत पाउँनेछन्।
नेपालमा यो पहिलो शाखा भएको उनीहरूको दाबी छ।
नेपाली युवालाई ब्युटीसम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले आइएसएएस भित्र्याइएको अजयले बताए।
'सुन्तरता भन्ने कुरा अहिले एउटा व्यक्तिमा मात्रै सीमित छैन, उद्योगको रूपमा विस्तार भइसकेको छ,' उनले भने, 'नेपालमा यसको बजार देखेरै लगानी गरेका हौं।'
आइएसएएस अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्युटी आइकन भक्ति साप्केले सुरू गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो। करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएइ’की अध्यक्ष समेत हुन्।
आइएसएएसको नेपाल सहित भारत, युएई र श्रीलंकामा गरी ११ वटा आउटलेट विस्तार भएइसकेको छ। साथै अमेरिकामा पनि शाखा खोल्ने तयारी छ।
पछिल्ला १४ वर्षमा आइएसएएसबाट ९ हजारभन्दा बढी विद्यार्थी स्नातक भई सौन्दर्य व्यवसायमा स्थापित भइसकेको बताइएको छ।