एक्सेसरिज ब्रान्ड म्याकडोडोले नेपाली बजारमा पाँचवटा नयाँ उत्कृष्ट उत्पादनहरू सार्वजनिक गरेको छ।
म्याकडोडोले नेपाली बजारमा सिएच–४११० स्मार्ट चार्जर, सिएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपी–४४९० इयरबड, एचपी–१४४० हेडफोन तथा बिएस–१४१० वायरलेस स्पिकर सार्वजनिक गरेको हो।
म्याकडोडोको सिएच–४११० मोडलको स्मार्ट चार्जरमा लचिलो केबल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ।
यसमा जिएएन टेक्नोलोजीको प्रयोग गरिएको छ जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुन्छ।
साथै, यसले तापक्रम नियन्त्रण गर्नुका साथै बढी भोल्टेज वा बढी करेन्ट प्रवाहबाट पनि जोगाउछ भने एन्टी इन्टरफेरेन्स र सर्ट सर्किट प्रोटेक्सन सुविधा पनि छ।
यो आकर्षक चार्जरको मूल्य ६ हजार एक सय रूपैयाँ तोकिएको छ।
म्याकडोडोको सिएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जरमा २० वाटको १सी फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ जसले आइफोन ८ देखि १४ सिरिजसम्मका आइफोनहरूलाई ४ गुणासम्म छिटो चार्ज गर्दछ।
सेतो र कालो गरी दुई कलर अप्सनमा उपलब्ध यो चार्जर दुई हजार एक सय रूपैयाँमा उपलब्ध छ।
त्यस्तै म्याकडोडोले एचपी–४४९० मोडलको स्लिप मोड इयरबड सार्वजनिक गरेको छ।
अल्ट्रा–थिन डिजाइनमा उपलब्ध उक्त इयरबड विशेष गरी निदाउँदा पनि लगाउन मिल्ने गरी बनाइएको छ।
यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको छ र चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको छ। यसमा १२ महिनाको वारेन्टी रहेको छ भने यसको मूल्य तीन हजार चार सय रूपैयाँ रहेको छ।
म्याकडोडोको एचपी–१४४० हेडफोनमा एक्टिभ न्वाइज क्यानसिलेसन टेक्नोलोजी रहेको छ जसबाट उत्कृष्ट म्युजिक वा गेमिङको आनन्द लिन सकिन्छ।
यसमा ६० देखि ७० घण्टाको ब्याट्री लाइफ रहेको छ भने एक्टिभ न्वाइज क्यानसिलेसन मोडको टाइम ३० देखि ३५ घण्टा छ।
साथै यसमा वायरलेस कनेन्टिभिटीका लागि ब्लुटुथ ५.३ छ भने स्टेबल कनेक्शन रुचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध छ।
उक्त हेडफोनमा एलइडी डिस्प्ले, भोल्युम कन्ट्रोल तथा आइपिएक्स–३ वाटरप्रुफ स्ट्यान्डर रहेको छ। यो हेडफोनमा पनि १२ महिनाको वारेन्टी रहेको छ भने ६ हजार पाँच सय रूपैयाँमा उपलब्ध छ।
त्यस्तै, म्याकडोडोले बिएस–१४१० मोडलका पोर्टेबल वायरलेस स्पिकर पनि सार्वजनिक गरेको छ।
आइपिएक्स ४ वाटरप्रुफ, ह्याङ्गिङ स्ट्याप, डायाफाम, डुअल ५वाट स्पिकर, ५.१ ब्लुटुथ, १२०० एमएएच लगायतका विशेषताहरू उक्त वायरलेस स्पिकरमा रहेको छ।
यसमा पनि १२ महिनाको वारेन्टी रहेको छ भने मात्र पाँच हजार चार सय रूपैयाँमा नेपाली बजारमा उपलब्ध रहेको छ।
म्याकडोडोले नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि १० गतेसम्म यी पाँचवटै नयाँ प्रोडक्टहरूमा १० प्रतिशत छुट प्रदान गरिरहेको छ।
ग्राहकले देशभर रहेका विभिन्न खुद्रा बिक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट एमसीडोडोका एक्सेसरिज सजिलै खरिद गर्न सक्नेछन्।
नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रा.लि.रहेको छ।
आइफोनप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्तालाई सहजीकरण गर्न एडुटेकले म्याकडोडोका विभिन्न एक्सेसरिज नेपालमा भित्र्याउदै आइरहेको छ।
म्याकडोडोका उत्पादन उच्च गुणस्तरीय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज मानिन्छन्।
यसका उत्पादन युरोप, अमेरिका, दक्षिण एसिया लगायत विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छन्।