नेपाली ब्रान्ड 'चिनो' ले आफूले उत्पादन गरेका 'फेन्सी कपडा' मा 'वेयरहाउस सेल' सुरू गरेको छ।
कम्पनीले शुक्रबारदेखि तीन दिनसम्मका लागि वेयर हाउस सेल सुरू गरेको हो।
यो सेल अहिले सोह्रखुट्टेस्थित सासा बैंक्वेटमा चलिरहेको छ।
खासगरी १३ वर्षदेखि ३० वर्ष उमेर समूहका युवतीहरूका लागि फेन्सी कपडा उत्पादन मूल्यमै बिक्रीमा राखिएको कम्पनीका अध्यक्ष अध्यक्ष नवराज बजगाईंले बताए।
'अहिले हामीले धेरैभन्दा धेरै उपभोक्तासँग जोडिन जतिमा उत्पादन गरेका थियौं सोही मूल्यमा बिक्री गरिरहेका छौं। बजारमा तीन चार हजार पर्ने कपडा एक हजारभन्दा कम मूल्यमा दिइरहेका छौं,' उनले भने।
बढीमा ९९९ रूपैयाँ मूल्यसम्मका कपडाहरू बिक्रीमा राखिएको उनको भनाइ छ।
कम्पनीले जेनजी पुस्तालाई लक्षित गरेर नयाँ–नयाँ डिजाइनका फेन्सी कपडा तयार गरिरहेको समेत अध्यक्ष बजगाईंले बताए।

चिनो ब्रान्डले विगत दुई वर्षदेखि युवतीहरूका लागि नयाँ–नयाँ फेसनका कपडाहरू नेपालमै उत्पादन गरिरहेको छ।
यो कम्पनीमा अहिले ४०० भन्दा धेरै कर्मचारीहरू काम गरिरहेको पनि उनले बताए।
कम्पनीले काठमाडौंका विभिन्न स्थान, भक्तपुर, चितवन, पोखरा लगायत सहरहरूमा आउटलेट सञ्चालनमा ल्याएको छ।
उपत्यका सहित देशका विभिन्न स्थानमा हालसम्म १० वटा आउटलेट रहेको अध्यक्ष बजगाईंले बताए।