उच्च गुणस्तरका निर्माण समाधानहरूका निर्माता वृज एडिटिभ्सले नयाँ उत्पादनहरूको श्रृंखला सुरू गरेको छ।
यो नयाँ श्रृंखलामा सिमेन्ट टायल ग्राउट, टायल एडिसिभ फ्लोर हार्डनर, रिपेयर कंक्रीट, ब्लक मोर्टार, वाल पुटिन र
वाटर प्रुफिङ सिस्टम समावेश छन्।
सय वर्षभन्दा बढी समयदेखि नेपाली व्यवसायमा विश्वासिलो नाम केडिया अर्गनाइजेसन हिस्सा रहेको वृज एडिटिभ्सले
गत तीन वर्षदेखि अत्याधुनिक प्रविधिवाट स्वदेशी उत्पादन निरन्तर उत्पादन गर्दै आएको छ।
यसका उत्पादनहरू उच्च प्रदर्शन, मजबुत टिकाउपन र उच्चस्तरको स्थायित्व प्रदान गर्नका लागि इन्जिनियर गरिएको र यसले देशभरी सुरक्षित र मजबुत पूर्वाधार विकासमा योगदान पुर्याउने बताइएको छ।
यस्ता छन् नयाँ उत्पादनहरू:
टायल एडिसिभ : उच्च प्रदर्शन गर्ने टायल एडिसिभ जुन सबै प्रकारका टायलिङ कार्यका लागि मजबुत र लचिलो
टायल फिक्सेसन हुने बताइएको छ।
टायल फिक्स एफटी: यो सिमेन्ट आधारित पोलिमर मोडिफाइड साँघुरो जोइन्ट भर्ने कम्पाउन्डमा प्रयाेग हुन्छ। जो ३ मिमी चौडासम्मका टायल जोइन्टहरूका लागि उपयुक्त छ, सबै प्रकारका सेरामिक भित्ताका टायलहरूको चारैतिर प्रयोग गर्न सकिन्छ।
यो कडा, टिकाउ र पानी प्रतिरोधी फिनिशमा सेट हुन्छ जसले यसलाई आन्तरिक र बाह्य दुवै प्रयोगहरूको लागि उपयुक्त बनाउँछ।
टायल फिक्स डब्ल्युटी : टायल फिक्स एक पोलिमर मोडिफाइड, भित्ताको टायलका लागि सेरामिक टायलहरूको
एडहेसिभ हो, जुन आन्तरिक क्षेत्रमा प्रयोग गरिन्छ।
यो सिमेन्ट आधारित सतहमा ठाडो (भित्तामा) टास्नको लागि उपयुक्त छ। यसलाई सुक्खा मिक्स मोर्टारको रूपमा आपूर्ति गरिन्छ, जसमा टास्नुअघि पानी थप्न आवश्यक हुन्छ। यो भिट्रिफाइड टायल, भारी मार्बल ग्रानाइटदेखि घना र चिल्लो कंक्रीट सतहहरूमा टायल टास्न अत्यन्तै उपयुक्त हुन्छ।
टायल फिक्स एटी : टायल फिक्स एटी एक पोलिमर मोडिफाइड सिमेन्ट आधारित टायल एडहेसिभ हो, जुन ३ मिमीदेखि १० मिमीसम्मका टायलहरूका लागि डिजाइन गरिएको छ।
यो सबै प्रकारका सेरामिक, भिट्रिफाइड,पिभिटी, जिभिटी, मार्बल, ग्रानाइट र सबै प्रकारका ढुंगाहरूको लागि उपयुक्त छ। यसले कडा टिकाउ र पानी प्रतिरोधी फिनिशमा सेट हुन्छ। जसले यसलाई आन्तरिक र बाह्य दुवै प्रयोगहरूको लागि उपयुक्त बनाउँछ।
सिइएम हार्ड (फ्लोर हार्डनर): फ्लोर हार्डनर कंक्रीटको सतहलाई अधिक टिकाउ र प्रतिरोधी बनाउन प्रयोग गरिन्छ। यो सामान्यतया उच्च यातायात क्षेत्रहरूमा, औद्योगिक फ्लोर, गोदाम र पार्किङ स्थलहरूमा प्रयोग गरिन्छ।
रिपेयर कंक्रिट: यो उन्नत कंक्रिटले संरचनाहरूमा रहेका फाट र क्षतिलाई भर्छ जसले तिनको दीर्घायु बढाउँछ।
ब्लक फिक्स (ब्लक मोर्टार): ब्लक मोर्टार एक विशेष प्रकारको ब्लक र इटको संरचना निर्माण गर्दा तिनलाई आपसमा जोड्न प्रयोग गरिन्छ। यो सामान्यतया सिमेन्ट, बालुवा र पानीको मिश्रणबाट तयार गरिन्छ जसले बलियो बन्धन र स्थायित्व सुनिश्चित गर्छ।
टायल ग्राउट: यो विशेष गरी टायलमा रहेको खाली स्थानहरूमा भर्न र टायल तथा कंक्रिट संरचनाहरूको दीर्घकालीन स्थिरता सुनिश्चित गर्न बलियो बनाउन डिजाइन गरिएको। जसमा निम्न प्रकारको टायल ग्राउट रहेको छ।
सिमेन्ट टायल ग्राउट:- सिमेन्ट टायल ग्राउट एक प्रकारको ग्राउट हो जुन टायलहरू बीचको खाली स्थानहरू भर्न र तिनीहरूलाई ठाँउमा सुरक्षित गर्न प्रयोग गरिन्छ।
यो मुख्यतः सिमेन्ट, बालुवा, र पानीको मिश्रणबाट बनाइन्छ जसमा यसको प्रदर्शन सुधार गर्नका लागि केही थप पदार्थहरू मिलाइन्छ। १ मिमिको खाली स्थानमा सिमेन्ट टायल प्राउटको प्रयोग गरिन्छ। यो ग्राहकको आवश्यकता अनुसार सेतो, कालो, खैरो रङमा पाउन सकिन्छ।
इपोक्सी ग्राउट: इपोक्सी ग्राउट एक उच्चप्रदर्शन गर्ने ग्राउट हो, जुन इपोक्सी रेजिन र फिलर पाउडरको मिश्रणबाट बनाइन्छ। यसको उत्कृष्ट टिकाउपन, पानी प्रतिरोध र दाग प्रतिरोधका लागि यो परिचित छ जसले यसलाई अधिक मजबुत र दीर्घकालीन समाधान आवश्यक पर्ने क्षेत्रहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ। १० मिमि सम्मको खाली स्थानमा इपोक्सी ग्राउटको प्रयोग गरिन्छ।
रेडी मिक्स प्लास्टर: रेडी मिक्स प्लास्टर पूर्व मिश्रित प्लास्टर सामग्री हो जुन तुरुन्त प्रयोग गर्न सकिन्छ यसलाई सिमेन्ट, बालुवा र रासायनिक एडिटिभहरूको मिश्रणबाट तयार गरिन्छ।