सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग सम्बन्धित विभिन्न चार संगठन बिच नीतिगत छलफल तथा व्यवसायिक वातावरण बनाउन सहकार्य गर्ने निर्णय भएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित गरिएको छलफल कार्यक्रममा उनीहरूले यस्तो निर्णय गरेका हुन्।
सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने, अहिले उद्योगहरूमा विद्युत कटौती भएको तथा विद्युती आपूर्तिमा निरन्तर समस्या देखिएको भन्दै लोडसेडिङ अन्त्य गरी निर्वाध रुपमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाउन पहल गर्ने निर्णय पनि उनीहरूले गरेका छन्।
सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक अर्काका समस्यामा आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका काममा सहकार्य गर्ने समझदारी भएको सिमेन्ट उत्पादक संघले जनाएको छ।