काठमाडौंको 'एलओडी' क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको छ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब पुन: नोमिनेसनमा परेको हो ।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहन्छन्।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ।
एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परिसकेकाले क्लबिङ व्यवसायमा अझ बढी जिम्मेवार भएर जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निर्देशक भुपेन कुँवरले बताए।
व्यवसायमा राष्ट्र पनि सँगसँगै जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान हुने उनको भनाइ छ।
क्लब नोमिनेसनमा परेसँगै भोटिङ अभियान सुरू गरिसकेको कुँवरले जानकारी दिए। विगतका दिनमा जस्तै विभिन्न माध्यमबाट भोटिङ अभियान चलाउने उनको भनाइ छ।