ह्यात होटल्स कर्पोरेसन र सिटी होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण भएको घोषणा गरेको छ।
यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ। काठमाडौंमा अवस्थित यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्दछ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरूको जीवन्त मिश्रण प्रदान गर्ने बताइएको छ।
यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ।
'विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात् हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौं,' सिटी होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्यानले भने।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ।
यस होटलको लबीलाई यात्रुहरूलाई स्वगत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुनःपरिकल्पना गरिएको छ।
होटलको प्रवेशद्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखी डिजाइन गरिएको छ। मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्याउन आफ्ना स्थानीय ज्ञान बाड्न सदैव तयार छन्।
यस होटलमा ८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू, खानपान सेवा सुविधाहरू सहित उपलब्ध छन्।
१० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरू बैठक, विवाह र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन्। यी सबै स्थानहरू अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्दछ।
यसमा सेट्रिक लाउन्ज जीवन्त कम्युनिटी बार छ। जहाँ अतिथिहरू विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल र स्थानीय स्वादले प्रेरित परिकारहरूको साथमा रमाउन सक्दछन्।
ह्यात सेन्ट्रिकको १५३ कोठाहरू उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ। यस होटल अतिथिहरूलाई निःशुल्क वाइफाई तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने मनसायले बनेको छ।
'अतिथिहरू तथा वर्ल्ड अफ ह्यात सदस्यहरूलाई नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं। हाम्रो लक्ष्य काठमाडौंको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु हो,' हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले भने, 'मिहिन डिजाइनदेखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमाञ्चक यात्राको सुरुवात विन्दु बन्न चाहन्छौं।'