राइड सेयरिङ 'सजिलो' ले ग्राहक र राइडर दुबैका लागि नि:शुल्क बीमा गराउने भएको छ।
यसका लागि सजिलोले आइतबार शिखर इन्स्योरेन्ससँग सम्झौता गरेको छ।
सजिलो नेपाली राइड-सेयरिङ एपका सिइओ अमिर लामाका अनुसार ग्राहकलाई लिन जाँदा, पुर्याउँदा र पुर्याएर फर्कदा समेत बीमा कभरेज प्रदान गरिएको छ।
सजिलोले २०७९ साल वैशाखदेखि निरन्तर राइड सेयरिङको सेवा दिँदै आइरहेको छ।
हालसम्म यसमा ३४ हजार राइडर छन् भने डेढ लाख बढीले प्रयोग गरिसकेको सिइओ लामाले बताए।