ललितपुरकी मियाप्मा राईले कार उपहार पाएकी छन्।
उनले केही समयअघि भाटभटेनी सुपरस्टोरबाट जापनिज स्किन केयर (रोहोटो) ब्राण्डका सामग्री खरिद गरेकी थिइन्।
रोहोटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सको संयुक्त रूपमा 'कार बोनान्जा' अभियान सञ्चालन गरेको थियो। जस अन्तर्गत रोहोटो ब्राण्डमा दुई किसिमका सामान खरिद गरेपछि लक्की ड्रमा भाग लिन पाइने सर्त राखिएको थियो।
सोही लक्की ड्रबाट राईले टाटा टियागो इभी कार जित्न सफल भएकी हुन्। उनलाई बिहीबार कार हस्तान्तरण गरिएको हो।
यो अभियान सन् २०२४ को जुन १५ मा सुरू भएर नोभेम्बर १५ मा सकिएको थियो।
देशभरका २७ वटा भाटभटेनी सुपरस्टोरहरूबाट कुनै पनि रोहोटो उत्पादन खरिद गर्ने ग्राहकलाई वातावरणमैत्री टाटा टियागो इभी कार जित्ने अवसर प्रदान गरिएको थियो।
अभियान अवधिभर सामान खरिद गर्ने ग्राहकलाई ५० हजारभन्दा बढी कुपन वितरण गरिएको कम्पनीले बताएको छ।
भाटभटेनी सुपरस्टोर टंगालमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा रोहोटो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामात्सु, भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरूङ, रोहितो मेन्थोलाटम नेपालकी प्रबन्ध निर्देशक ट्रान डाङ बिच थाओको उपस्थिति थियो।
यस्तै, रोहोटोे मेन्थोलाटमका निर्देशक ताकानोरी कवाई, ब्रान्ड एम्बेसडर प्रशंसा रायमाझीलगायत साझेदार ब्रान्डका प्रतिनिधिलगायतको उपस्थिति थियो।
'कार बोनान्जा' अभियानको सफलताले ग्राहक सन्तुष्टि र दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन्।