बेल्लो नेपालले आफ्ना उत्पादनमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।
आउटलेट सुरू गरेको पहिलो वर्षको अवसरमा कम्पनीले यस्तो छुट दिने भएको हो।
बेल्लो वर्ल्ड कम्पनीका सञ्चालक निरोज महर्जनका अनुसार कम्पनीले अहिले अर्बन नाइट कलेक्सन अन्तर्गत नयाँ उत्पादनहरू ल्याएको छ।
उक्त उत्पादन कम्पनीको प्रिमियम उत्पादन हो। यी उत्पादनमा पहिलो खरिद गर्ने तीन जनालाई एउटा कपडा ग्राहकको रोजाईं अनुसार निःशुल्क दिइने छ।
त्यस्तै, अर्बन नाइट कलेक्सन अन्तर्गत बाहेकका उत्पादनमा पहिलो १० जना ग्राहकले ५० प्रतिशत छुट पाउँनेछन्। यो योजना ग्राहकले आगामी शनिबार एकदिन मात्रै पाउँनेछन्।
त्यसपछि भने दसैंसम्मका लागि कम्पनीले 'प्रिमियम' बाहेकका उत्पादनमा ५० प्रतिशतसम्म छुट दिने बताएको छ।
गत वर्ष कम्पनीले जावलाखेल–कुपारीपाटीमा आउटलेट खोलेको थियो। उक्त आउटलेटमा ब्यागका साथै युनिसेक्स (केटाकेटी दुवैका लागि हुने) कपडाहरू पनि पाइन्छ।
यस अघि बेल्लोका उत्पादन अनलाइनबाट मात्रै माग गर्न सकिन्थ्यो।
आउटलेटमा चेन नभएको ब्याग, चेन भएको, टोट ब्याग (साइड ब्याग), क्लासिक, स्लिङ र ल्यापटप स्लिप लगायतका ब्याग पाइन्छ।
त्यस्तै, लुगा कपडामा लिनेन सर्ट, पाइन्ट, टिसर्ट, पोलो टिसर्ट, स्विट सर्ट, हुडी, जकर्स, ज्याकेट पाइन्छ।
'बेल्लो' स्पेनिस भाषाको शब्द हो, नेपाली भाषामा यसको अर्थ 'सुन्दर' हुन्छ। नेवारी (नेपाल) भाषामा पनि ‘राम्रो’ भन्ने ‘बाल्ला’ शब्द छ। यिनै दुई शब्द सम्झेर निरोजले ब्यागको ब्रान्ड नाम 'बेल्लो' राखेका हुन्।
२९ वर्षीया निरोज डेढ वर्ष जागिर छाडेर पूर्ण रूपमा ब्याग बनाउन थालेका हुन्। ब्याग र कपडा दुवैको डिजाइन निरोज आफैं गर्छन्।