फुड डेलिभरी कम्पनी फुडमान्डुले विजया दशमीको अवसरमा 'बडा धमाका' नामक क्याम्पेन ल्याएको छ।
हरेक महिनाको पहिलो हफ्ता चल्ने फुडमान्डु डबल धमाका क्याम्पेन यस दसैंमा झनै ठूलो हुने कम्पनीले जनाएको छ।
बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।
फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, 'हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ। यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरूका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं। यो बडा धमाका क्याम्पेनले ग्राहकहरूकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ।'
बडा धमाका क्याम्पेन असोज ३ गतेदेखि असोज २३ गतेसम्म चल्नेछ।
ग्राहकहरूले अब परिवार र साथीभाइसँग फुडमाण्डुको एप वा वेबसाइटबाट खाना आइटम आकर्षक मूल्यमा घरमै पाउन सक्ने कम्पनीको भनाइ छ।