तयारी पोशाक ब्रान्ड सोनामले यस वर्षको दसैं र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ।
असोज १ गतेदेखि असोज १९ गतेसम्म चल्ने यस अफर अन्तर्गत ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ।
अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट र ब्याग समेत समेटिएको छ।
सोनामको सोरूमहरू काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, केएल टावर चाबहिल, बानेश्वर आइप्लेक्स मल, जडीबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टर समावेश छन्।
यस्तै, बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लुटिसी, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टरमा पनि सोनामका सोरूमहरू अवस्थित छन् भने सामाखुशी शाखा छिटै सञ्चालनमा आउने कम्पनीको भनाइ छ।
काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र विर्तामोडमा रहेका सोनामका सोरूमहरूमा पनि यो छुट अफर लागू हुनेछ।