बहुराष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड 'भिडोल'ले नेपालमा कारखाना सञ्चालनमा ल्याएको छ।
नेपाल गोल्ड लुब्रिकेन्टको आधिकारिक उत्पादक युनाइटेड कम्पनीसँगको साझेदारीमा बेलायती ब्रान्ड भिडोलले फ्रेन्चाइज कारखाना सुरू गरेको हो।
५० करोड लगानीमा कारखाना स्थापना गरिएको उल्लेख छ।
एक लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा प्लान्ट स्थापना गरिएको कारखानाका जनरल मेनेजर जनरल दिनेश खनालले जानकारी दिए।
कारखानासँग मासिक १० लाख लिटर लुब्रिकेन्ट उत्पादन गर्ने प्लान्ट रहेको उनले बताए।
हाल प्लान्टले दैनिक ३३ लाख लिटर लुब्रिकेन्ट उत्पादन गर्दै आएको जनाएको छ। त्यस्तै, दैनिक १० हजार केजी ग्रिज उत्पादन गर्दै आएको जनाएको छ।
कारखानाले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ।
कारखानाले दुई हजार ४०० किलोटिर लुब्रिकेन्ट स्टोरेज ट्यांक बनाएको छ।
भिडोलले बेलायत, भारत, संयुक्त अरब इमिरेट्स लगायत विश्वका विभिन्न मुलुकका १८ स्थानमा कारखाना स्थापना गरी उत्पादन गर्दै आएको जनाएको छ।
७५ भन्दा बढी देशका बजारमा भिडोलको उपस्थिति रहेको उल्लेख छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यो फ्रेन्चाइज कारखानाले नेपालमा उत्पादन सुरू गरेसँगै मुलुकको राजस्व वृद्धि, रोजगारी सिर्जना लगायतमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कारखानामा भिडोल उत्पादन सुरू भएसँगै थप ५० भन्दा बढीलाई रोजगारी सिर्जना भएको उल्लेख गरिएको छ।